सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्ने सम्भावना कति ?

0 Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट सफाइ पाएका छन् । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासबाट उनले सफाइ पाएका हुन् ।

गौशाला २६ माथि बलात्कार गरेको आरोपमा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।

यसअघि मंगलबार नै न्यायाधीहरूले फैसला दिने गरी सामान्यतया अदालतको समयभन्दा बढी समय बहस गरेका थिए । तर, राति फैसला गर्दा गलत सन्देश जाने भएकाले उक्त मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।

न्यायाधीशहरूले सन्दीपको मुद्दा पहिलो नम्बरमा राखेर बहस सुरु गरिएको थियो । उनको मुद्दामा फैसला नसकिएपछि सोही अवस्थाबाट आज सुनुवाइ भएको थियो ।

पछिल्लो फैसलासँगै लामिछानेलाई टी २० विश्वकप खेल्ने पहिलो ढोका खुलेको छ ।

योसँगै नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन फुकुवा गरेर आइसीसीको सहमति लिएपछि उनले विश्वकप खेल्न पाउने छन् ।

 

 

सम्बन्धित समाचार