सन्दीपको मुद्दामा आज पनि पेसी, कस्तो आउला फैसला ?

0 Shares

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान तथा क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनवाइ आज पनि हुँदैछ ।

मंगलबार उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा भएको सुनुवाइ वकिलहरुको बहस नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।

यस मुद्दाको पेसी आजका लागि तोकिएको छ । बहस अन्तिम चरणमा रहेकाले मुद्दाको फैसला आजै आउन सक्ने बताइएको छ ।

मंगलबार अदालतको समयभन्दा बढी न्यायाधीशहरूले आफ्नो समय लम्ब्याएर फैसला सुनाउने तयारीमा जुटेका थिए । तर, नसकिने भएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।

यसअघि उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले आठ वर्ष जेल र पाँच लाख रुपैयाँ जरिवाना र क्षतिपूर्ति तोकेको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध उनी उल्ट्याई आफूलाई सफाइ दिनु पर्ने माग गर्दै उच्च अदालत पाटन पुगेका थिए ।

सम्बन्धित समाचार