सन्दीप लामिछानेको मुद्दा ‘हेर्दाहेर्दै’मा राखियो, भोलि पुनः बहस हुने

0 Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ ।

उच्च अदालत पाटनमा सन्दीप लामिछानेको मुद्दामा फैसला गर्ने गरी न्यायाधीशले आफ्नो कामलाई निरन्तरता दिएका थिए । बहस टुंग्याएर आजै फैसला गर्ने तयारीमा जुटे पनि मुद्दा स्थगित भएको हो ।

सामान्यतया अदालतको समय ५ बजे सकिने गर्दछ । तर, न्यायाधीशहरूले आफ्नो समय लम्ब्याएर फैसला सुनाउने तयारीमा जुटेका थिए ।

स्रोतका अनुसार अर्को बहस भोलि सोही अवस्थाबाट सुरु हुनेछ ।

नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा क्रिकेटर लामिछाने जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याई आफूलाई सफाइ दिनु पर्ने माग गर्दै उच्च अदालत पाटन पुगेका थिए ।

बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गत २५ पुसमा सन्दिपलाई आठ वर्ष कैद, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले आफ्नो मागदाबी भन्दा कम सजाय तोकेको भन्दै सरकारी वकिल कार्यालयले लामिछानेलाई अधिकतम सजाय हुनु पर्ने माग गर्दै पुनरावेदन निवेदन दिएको थियो ।

सम्बन्धित समाचार