विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको बाँकी बक्यौता तिर्न १९ उद्योगलाई पठायो पत्र

0 Shares

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको बाँकी बक्यौता तिर्न १९ उद्योगलाई पत्राचार गरेको छ।

यो प्रक्रिया नियमित बक्यौता असुलीअन्तर्गतकै प्रयास भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए। उनका अनुसार करिब १९ वटा उद्योगलाई एक साताअघि नै किस्ताबन्दीमार्फत बक्यौता भुक्तानी गर्न आग्रह गर्दै पत्र पठाइएको हो।

शाक्यका अनुसार पत्रमा उद्योगीलाई किस्ताबन्दीमा रकम बुझाउन आग्रह गरिए पनि तत्काल लाइन काट्ने विषय उल्लेख छैन। पुरानो बक्यौता उठाउन पहल गरिएको भन्दै उनले अहिलेको अवस्थामा लाइन काट्नेबारे कुनै निर्णय नभएको र यस्तो निर्णयका लागि ऊर्जामन्त्रीको सहमति आवश्यक पर्नेछ।

विवादित महसुलका सम्बन्धमा पुनरवलोकन समिति गठन गर्ने विषयमा प्राधिकरणले कानुनी परामर्श लिइरहेको छ।

अघिल्लो सञ्चालक समितिका निर्णयका कारण सिधै बोर्डमा प्रस्ताव लैजान नमिल्ने अवस्था रहेको जनाउँदै शाक्यले कानुनी रायपछि मात्रै प्रक्रिया अघि बढ्ने जानकारी दिए। कानुनी स्पष्टता प्राप्त भएपछि सोही आधारमा सञ्चालक समितिले थप निर्णय गर्ने उनको भनाइ छ।

सम्बन्धित समाचार