फिसटेल लज पोखरा र अन्रपूर्ण जगतपुर लजसँग प्रभु बैंकको सम्झौता, विशेष छुट हुने

0 Shares

लेक्साइड । पोखरास्थित फिस टेल लज पोखरा, अन्रपूर्ण जगतपुर लज प्रा.लि र प्रभु बैंक लिमिटेड बीच विशेष छुटसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ अफिसर दिपेन्द्र बाबु बिष्ट र लेक्सइड पोखरास्थित फिस टेल लज पोखरा र अन्रपूर्ण जगतपुरका तर्फबाट बिक्री तथा मार्केटिङ क्लस्टर निर्देशक सनीस महर्जनबाट सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

सम्झौतासँगै फिस टेल लज र अन्रपूणर््ा जगतपुर लजमा प्रभु बैँकका ग्राहकसँगै कर्मचारीले सेवा तथा सुविधामा विशेष छुट पाउने भएका छन् ।

सम्झौताअनुसार प्रभु बंँकका ग्राहक तथा कर्मचारीहरुले लजका सेवा तथा सुविधामा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतीय प्रणालीद्वारा भुक्तानी गर्नुपर्ने छ ।

यी दुवै लजमार्फत उपलब्ध आवासतर्फ विशेष संस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १०-१५ प्रतिशत छुट पाउन छन् ।

बैंकका नेपालभर रहेका ३१२ शाखा कार्यालय, २८५ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टरमार्पmत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ ।

सम्बन्धित समाचार