भ्रष्टाचारको आरोपमा आठ अधिकृतसहित १९ कर्मचारीविरुद्ध मुद्दा दायर

0 Shares

काठमाडौं । काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जना वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

कपिलबस्तुका गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले अनुमति लिएभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले तत्कालिन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, डिभिजनल बल अधिकृत दुर्गा बहादुर कार्की, गौतमबुद्ध साझेदारी वन व्यवस्था समितिको कार्यान्वयन इकाईका संयोजक एवं वन अधिकृत महेन्द्रराज वाग्ले, सहायक वन अधिकृत ब्रम्हदेब महतो, रेञ्जर हेमराज पण्डितविरुद्ध मुद्दा दायर गरेको हो ।

यस्तै, अख्तियारले तत्कालीन सहायक वन अधिकृत शिव शंकर प्रसाद, सहायक वन अधिकृत टोलकराज चापागाई, सहायक वन अधिकृत लालबाबु झा, सहायक वन अधिकृत गणेश कुमार थारु, सहायक वन अधिकृत नागेन्द्र प्रसाद सिंह राजपुत, फरेष्टरहरु रामरक्षा कुर्मी (चौधरी), रमतु चौधरी, वन रक्षक सञ्जय थारु, सञ्जय केवट, रामगोपाल त्रिपाठी, बासुदेव गोडिया, तत्कालिन संयोजक जानकी प्रसाद यादव, गोरखा काष्ठ फर्निचर उद्योगका सञ्चालक एकनाथ घिमिरे र ए आर काठदाउरा खरिद बिक्री सेन्टरका सञ्चालक गिता जी।सी।विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

जम्मा आठ सय रुख काट्ने क्रममा करिब १९ हजार क्यूफिटको बन पैदावर कम संकलन भएको अख्तियारको आरोप छ । आयोगले १७ जनाविरुद्ध जनही २९ लाख १२ हजार रुपैयाँ बिगो दाबी गरेको छ । यस्तै, दुई जनाविरुद्ध १९ लाख र नौ लाख बिगो दाबी गरेको छ ।

 

 

सम्बन्धित समाचार