काठमाडौं । नेपाली कांग्रेसले समानान्तर गतिविधि चलाउने समूहलाई सचेत गराएको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले चैत १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य भएकोतर्फ सचेत गराउदै कारबाही गर्ने चेतावनी दिएको हो ।
अब पनि यस्ता कार्य भए विधान अनुसार कारबाही हुने निर्णय भएको अनुशासन समितिका संयोजक तारामान गुरुङले जानकारी दिए ।
कांग्रेसको विज्ञप्तिमा भएको छ, ‘कांग्रेसको शेरबहादुर देउवा–शेखर कोइरा समूहले समानान्तर गतिविधि अघि बढाएको हो । विभिन्न सञ्चारमाध्यम एवं सामाजिक सञ्जालमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारी छु भनी मिति २०८२ चैत १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकाले सचेत गराइन्छ । अब उप्रान्त यस किसिमको गलत काम गर्ने जो कोही व्यक्ति उपर नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) प्रचलित नेपाल कानुन बमोजिम कारबाही अघि बढाइने निर्णय गरिन्छ ।
तत्कालीन पार्टी सभापति शेरबहादुर देउवापक्षबाट कार्यबहाक सभापतिको रुपमा पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गर्दै आएका छन् । त्यति मात्रै होइन आफ्नो पक्षको भेला बोलाएर बैठक बस्दै आएका छन् । उक्त विषयलाई कांग्रेसको संस्थापनपक्षले कारबाही गर्ने चेतावनी दिएको हो ।