0
Shares
काठमाडौं । नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी घर भएका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेसँगै नियन्त्रणमा लिएको हो ।
वैवाहिक बलात्कारको आरोप लगाउँदै उनकी श्रीमतीले चैत्र २० गते प्रहरीमा उजुरी दिएकी थिइन् । ओड सांगीतिक कार्यक्रममा देश बाहिर हुँदा पक्राउ परेका थिएनन् ।
नेपाल आएलगत्तै उनी आफै इलाका प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गायक ओडलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।