सुनचाँदीको मूल्यमा आज पनि भारी वृद्धि, तोलामा कति पुग्यो?

0 Shares

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा सात हजार ४०० रुपैयाँ बढ्दा चाँदीको मूल्य १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९७ हजार ६०० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य चार हजार ९४५ कायम भएको छ ।

मंगलबार सुनको मोल दुई लाख ९० हजार २०० र त्यति परिमाणको चाँदीको मूल्य चार हजार ८४५ रुपैयाँ कायम भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार