२२ औँ अनसनमा डा. गोविन्द केसी

0 Shares

काठमाडौं । डा. गोविन्द केसीले पशुपति मृगस्थलीमा २२ औँ अनशन सुरू गरेका छन् ।

अन्तिम अल्टिमेटमको अवधिमा माग सम्बोधन नभएको भन्दै शनिबारदेखि डा. केसी अनशनमा बसेका हुन् ।

डा. केसीले विगतका सम्झौता कार्यान्वयनको मागसहित संक्रमण कालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्नु पर्ने, सबै नेपालीलाई गुणस्तरीय साथै निःशुल्क औषधिक उपचारको व्यवस्था गर्नु पर्ने माग राखेका छन् ।

यस्तै, उनले सबैको समान पहुँचसम्बन्धी गेटामा तुरुन्त प्रतिष्ठान सञ्चालन गर्नेलगायत माग कार्यान्वयन गरी कार्की आयोगले दोषी ठहर्‍याएका व्यक्तिहरूलाई कारबाहीको माग अघि सारेका छन् ।

सम्बन्धित समाचार