0
Shares
काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन् । एमालेबाट निर्वाचित उनलाई आइतबार मध्यराति काठमाडौंको धुम्बराहीबाट पक्राउ गरेको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । उनीमाथि नाबालिकालाई घरेलु कामदार बनाएर शोषण गरेको आरोप थियो ।
बालेन्द्र शाह काठमाडौं महानगरको मेयर हुँदा उनको घरबाट एक बालिकालाई उद्धार गरिएको थियो । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएको उनको परिवारले जनाएको छ ।