मनसुनअगाडि नै विपद् व्यवस्थापनको तयारी गर्न गृहमन्त्रीको निर्देशन

0 Shares

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सीईओ दिनेश भट्टबिच आइतबार छलफल भएको छ।

प्राधिकरणको कार्यालयमा भएको छलफलमा गृहमन्त्री सुधन गुरुङले मनसुन अगाडि नै विपद् व्यवस्थापनको तयारी सुरु गर्न निर्देशन दिएका छन् । गृहमन्त्री गुरुङले आफू १० वर्षदेखि प्राधिकरणसँग बसेर काम गरेको र यसपटक आफू स्वयं गृहमन्त्री भइसकेपछि थप विपद् हुनु अगाडि नै न्यूनीकरण गर्नुपर्छ भनेर लागेको बताए ।

कार्यकारी प्रमुख दिनेश भट्टले भने, ‘यो नियमित प्रक्रिया हो । अन्य गृहमन्त्रीहरू ढिलो आउनुहुन्थ्यो तर अहिलेको गृहमन्त्री चाँडै आउनुभयो । विपद् व्यवस्थापनका लागि हामीलाई सहज रहन भन्नुभयो ।’

सम्बन्धित समाचार