बालेन सरकारको सय कार्यसूची सार्वजनिक: सम्पत्ति छानबिन गर्ने आयोग गठनदेखि मन्त्रालय घटाउनेसम्म

0 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्व सरकारको मन्त्रिपरिषद्ले शुक्रबार गरेको महत्त्वपूर्ण निर्णयमध्ये शासकीय सुधारका १०० कार्यसूची सार्वजनिक गरेको छ ।

सरकारले शनिबार राति मात्रै निर्णयअनुसारका कार्यसूची सार्वजनिक गरेको हो । कार्यसूचीमा निर्वाचनमा सहभागी सबै दलका घोषणा पत्रमा समावेश कार्यान्वयन योग्य विषय समेटेर ‘राष्ट्रिय प्रतिबद्धता’ तयार गर्ने र तत्कालै कार्यान्वयन गर्ने कार्यसूची समेटिएको छ ।

यस्तै, सरकारले संघीय मन्त्रालय घटाउने निर्णय गरेको छ । सरकारले शासकीय सुधारका एक सय कार्यसूची तय गरी संघीय मन्त्रालयको संख्या १७ राख्ने उल्लेख छ । हाल प्रधानमन्त्रीसहित १५ सदस्यीय मन्त्री मण्डल छ ।

यसैगरी, सम्पत्ति छानबिन लागि अधिकार सम्पन्न छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । १५ दिनभित्र यस्तो समिति गठन गरिने प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको छ ।

जसले राजनीतिक पदाधिकारी र कर्मचारीको सम्पत्ति छानबिन गर्ने छ । सुरुमा २०६२–६३ पछिको र दोस्रो चरणमा २०४८ पछिको छानबिन गर्ने निर्णयमा उल्लेख छ ।

 

सम्बन्धित समाचार