ठमेलमा अनैतिक क्रियाकलाप गर्ने २० विदेशी महिला पक्राउ

0 Shares

काठमाडौं। काठमाडौंको ठमेल क्षेत्रबाट अनैतिक क्रियाकलाप र अभद्र व्यवहार गर्ने २० विदेशी महिला पक्राउ परेका छन्। काठमाडौँ प्रहरीले उनीहरूलाई ठमेलका विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा युगान्डाका महिला रहेको प्रहरीले जनाएको छ।

उनीहरुले ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी नागरिकसँग अवैध रूपमा पैसामा बार्गेनिङ गरी यौन धन्दा व्यवसाय सञ्चालन गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीहरूलाई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १२ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त लैनचौरबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उनीहरुले बाटोमा हिँड्ने सर्वसाधारण मानिसलाई समेत दुःख र हैरानी दिने गरेका थिए।

जिल्ला प्रहरी परिसरको प्रहरी टोलीले ठमेलस्थित विभिन्न स्थानहरूमा निगरानी तथा चेकजाँच गर्ने क्रममा काठमाडौं महानगरपालिका-२६ ठमेल फायरचोकस्थित सार्वजनिक सडक खण्डबाट युगान्डाका विदेशी महिलालाई पक्राउ गरेको हो।

सम्बन्धित समाचार