निष्पक्ष छानबिनका लागि कार्की आयोग बनेको होइन भन्ने पुष्टि भयोः महासचिव पोखरेल

0 Shares

काठमाडौँ । कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् ।

बिहीवार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धाराणा व्यक्त गर्दै महासचिव पोखरेलले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने कुरा आयोगले तयार पारेको प्रतिवेदनले प्रस्त पारेको बताएका हुन् ।

उनले भनेका छन्, ‘कार्की आयोग र आम निर्वाचन ०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट छ । सोही अनुसारको निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको छ ।’

निर्वाचन र आयोगको प्रतिवेदनसंगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर रहेको भन्दै अल्गोरिदमको प्रयोगवाट लोकपृयतावाद, अराजकतावाद र अवसरवादको मिश्रणवाट नयाँ शक्तिको उदय भएको उनले बताए । त्यस्तै अबको बाटो सजिलो नहुने भएकाले राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने समेत बताएका छन् ।

यस्तै, अहिलेको अवस्थामा, ‘नयाँ शक्ति’ र ‘नेतृत्व’ लाई उनीहरूको दृष्टिकोणअनुसार काम गर्ने अवसर दिएर जनतालाई प्रत्यक्ष अनुभवमार्फत मूल्याङ्कन गर्न दिनु नै सम्भवतः विवेकपूर्ण कदम हुन सक्ने उनले बताए ।

उनले भनेका छन्, ‘सत्य कुरा के हो भने रु लोकपृयतावाद, अराजकतावाद र अवसरवाद आजका चुनौतीहरुको समाधानको बाटो होइन र विचारधारात्मक राजनीतिको दिर्घकालिन विकल्प पनि होइन ।’

सम्बन्धित समाचार