सुनको मूल्य फेरि घट्यो

0 Shares

काठमाडौं। स्थानीय बजारमा आज पनि सुनकोे मूल्य घटेको छ । सुन तोलामा एक हजार ६०० ले घटेको हो । चाँदी भने तोलामा ८० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ७३ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५०५ कायम भएको छ ।

सोमबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ७५ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४२५ कायम भएको थियो । गत आइतबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८२ हजार र त्यति नै परिमाणको चाँदी चार हजार ५४० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३३५ र त्यति नै परिमाणको चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार