१५ लाखको अनुसन्धान गर्दा डेढ करोडको रहस्य खुल्यो

0 Shares

काठमाडौं । १५ लाख ३० हजार नेपाली रुपैयाँसहित पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्दा करिब डेढ करोडको अवैध क्रिप्टो कारोबार भएको तथ्य खुलेको छ ।

सामाखुसीबाट दिप्ती पोखरेललाई १५ लाख ३० हजार रुपैयाँसहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान गर्दा क्रिप्टो कारोबारको विवरण भेटिएको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले भारतीय नागरिक प्रवेश अली र बाँकेका नरेश रेउलेलाई पनि पक्राउ गरेको छ । यस क्रममा एक अर्ब ३७ करोड रुपैयाँको क्रिप्टो कारोबार भेटिएको हो ।

सम्बन्धित समाचार