स्रोत नखुलेको एक करोड रुपैयाँसहित दुई जना पक्राउ

0 Shares

काठमाडौं । काठमाडौंबाट प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही सियार गाउँपालिका ७ घर भएका २८ वर्षीय समिर सुना र सोही ठाउँका २९ वर्षीय मिलन विक रहेका छन् ।

उनीहरूलाई काठमाडौं महानगर ५ मालिगाउँ क्षेत्रबाट शुक्रबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूको साथबाट प्रहरीले ९८ लाख रुपैयाँ स्रोत नखुलेको नगद बरामद गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । बा १३ च ४८५८ नम्बरको इको स्पोर्ट गाडीमा सवार उनीहरूको साथबाट नगद बरामद भएको हो ।

दुवै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको रेग्मीले बताए ।

सम्बन्धित समाचार