यो इतिहास लेख्ने अवसरमा चुके माफी माग्न गाह्रो हुन्छः उपसभापति अर्याल

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले आफूहरूलाई जनताले इतिहास लेख्ने अवसर दिएको बताउँदै सोहीअनुसार काम गर्न नवनिर्वाचित सांसदलाई आग्रह गरेका छन् ।

मंगलबारदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले इतिहास लेख्ने अवसरलाई सदुपयोग गर्नुपर्ने बताए ।

उनले भने, ‘यो इतिहास लेख्ने सुवर्ण अवसर हो, इतिहास लेख्ने मात्रै होइन, हामीले इतिहास लेख्ने यो अवसरलाई सदुपयोग गर्न सकेनौं भने सायदै हामीले आफूले आफूलाई माफ गर्न गाह्रो हुनेछ ।’

अहिलेको गम्भीर समयमा बन्न लागेको सरकार र जिम्मेवारी साँच्चै महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । उनले थपे, ‘यो गम्भीर समयमा बन्न लागेको सरकार र जिम्मेवारी साँच्चै महत्त्वपूर्ण छ, हाम्रा हरेक गतिविधिलाई जेनजीहरूले हेर्नु हुनेछ, हामीले त्यसलाई सम्बोधन गरेर जानुपर्ने छ, हामीले आफ्नो इमानदारिता, लगनशीलता र क्षमतालाई राष्ट्र र नेपाली जनतालाई सुम्पिनुपर्ने छ ।’

उनले सबै निर्वाचित सांसदलाई गम्भीर रुपमा तयारी हुन पनि आग्रह गरे ।

सम्बन्धित समाचार