0
Shares
काठमाडौं । आइतबार दिउँसो मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।
बैठकमा जेनजी आन्दोलनको घटना छानबिन तथा जाँचबुझ आयोगको प्रतिवेदन पेश गरिँदै छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको ३ सदस्य आयोगले गत फागुन २४ गते प्रधानमन्त्री कार्कीसमक्ष प्रतिवेदन बुझाएको छ ।
करिब १ साताको अध्ययनपछि आज मन्त्रिपरिषद् बैठकमा औपचारिक रुपमा प्रतिवेदन लैजान लागिएको हो । प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने कार्की सरकारको तयारी छ ।