काठमाडौँ । काठमाडौंको कालिमाटी स्थित कोरियन दूतावासले सेवाग्राहीका लागि लागू गरिएको टोकन प्रणाली बन्द गरेको छ।
केहीँ महिना अगाडी सेवा लिन अनलाईनबाट समय लिनुपर्ने थियो । सो समयमा समय पाउन गाह्रोे हुने र पाए पनि बिचौलियाहरु सक्रिय भएकाले लाखौँ तिर्नुपर्ने अबस्था भएकाले सेवा ग्राहीहरुलाई समस्य भएको भन्दै कोरियन दूतावासले टोकन प्रणाली लागु गरेको थियो । तर पछिल्लो समय दूतावास बाहिर अत्यधिक भीडभाड हुने, बाईक तथा स्कुटर सडकको साइडमा पार्किङ् गर्दा सडक जाम हुने, मानिसहरु बिहानै देखि लाइन बस्दा स्थानिय बासिहरुको गुनासो बढ्न थालेपछि टोकन प्रणाली बन्द गरिएको दूतावासको एक स्रोतले जनकारी दिएको छ ।
दूतावासका अनुसार अब दशैँ तिहार पछि सुचना जारी भएपछि मात्र टोकन दिने जनाए ।
सेवा लिन आउने व्यक्तिहरूले सम्बन्धित प्रक्रियाअनुसार अनलाइन वा निर्धारित प्रक्रियाबाट समय लिएर सेवा लिनुपर्नेछ। यसअघि दूतावास परिसरमा बिहानैदेखि लाइन बसेर टोकन लिने व्यवस्था थियो ।
दक्षिण कोरिया जाने तयारीमा रहेका नेपाली विद्यार्थी, कामदार तथा अन्य सेवाग्राहीलाई नयाँ प्रक्रियाबारे जानकारी लिएर मात्र दूतावासमा आउन पनि आग्रह गरिएको छ ।