विद्युत् चुहिएर आगलागी, दुई लाखको क्षति

0 Shares

तनहुँ । व्यास नगरपालिका ५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब दुई लाख बराबरको धनमाल क्षति भएको छ ।

व्यास नगरपालिका १ विज्ञान चौरका शिव ताम्राकार र सोही नगरपालिका ६ बाह्रबिसेका पूर्णबहादुर श्रेष्ठले संयुक्त रुपमा सञ्चालन गरेको होटलमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइएको थियो ।

सम्बन्धित समाचार