सुनको मूल्य बढ्यो, चाँदीको मूल्य कति?

0 Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । चाँदीको मूल्य भने आज स्थिर छ । मंगलबार प्रतितोला ३ लाख १७ रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला दुई हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार रुपैयाँ तोकेको छ ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । आज पनि हिजो जस्तै प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार