हार स्वीकार गर्दै रेणुले भनिन्ः मन त जितेँ, मत जित्न सकिनँ

0 Shares

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपाबाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार रेणु दाहालले निर्वाचन परिणामलाई सम्मान गर्दै आफूले कामद्वारा जनताको मन जिते पनि मत जित्न नसकेको बताएकी छन् ।

चितवन ३ मा आफ्नो हार स्विकार्दै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफ्नो राजनीतिक जीवनमा भरतपुरको विकास, समृद्धि र सुशासनका लागि नौ वर्ष ऊर्जा समर्पित गरेको बताएकी छन् ।

उनले विकासका लागि जनतामैत्री नीति नियम आवश्यक रहेको महसुस भएपछि १५ महिना कार्यकाल बाँकी हुँदा भरतपुर महानगरको प्रमुख पदबाट बाहिरिएर प्रतिनिधिसभा निर्वाचनमा होमिएको बताइन् ।

निर्वाचनमा विजयी भएकी सोविता गौतमलाई बधाई दिँदै दाहालले चितवनबासीको मत खेर नजाने विश्वास व्यक्त गरिन् । आगामी दिनमा जनताको खुसी, विकास र समृद्धिका लागि काम गर्न उनले शुभकामना दिएकी छन् ।

सम्बन्धित समाचार