काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा‘प्रकाण्ड’ कालिकोटबाट पराजित भएका छन् । नेपाली कम्युनिस्ट पार्टीका नेता महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् भने विश्वकर्मा चौथोमा पुगेर पराजित भएका हुन् ।
नेकपा महेन्द्रबहादुर शाहीले ११ हजार ३३८ मतसहित चुनाव जिते भने एमालेका नगीन्द्रबहादुर शाही ‘नेशनल’ ले १० हजार ३५२ मत ल्याएर दोस्रो भए ।
यस्तै, कांग्रेसका हर्षबहादुर बमले ७ हजार १३३ मत पाउँदा प्रकाण्ड जम्मा ४ हजार ५९९ मत पाएर चौथो स्थालनमा पुगेका छन् ।
पहिलो संविधान सभा निर्वाचन कालिकोटबाट निर्वाचित भएर दुई पटक मन्त्री समेत भएका थिए । दोस्रो संविधान सभा निर्वाचनदेखि २०७९ सालसम्मको निर्वाचन बहिस्कार गरेका थिए । यो निर्वाचनमा सबै संसदीय पार्टी मिले पनि चुनाव जित्ने दाबी गरेका उनी चौथोमा पुगेर पराजित भएका हुन् ।