डोटीबाट कांग्रेसका खड्का विजयी

0 Shares

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत डोटी निर्वाचन क्षेत्र नं १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार मुख्य तीन दलबिचको प्रतिस्पर्धामा नेपाली कांग्रेसका उम्मेदवार भरत बहादुर खड्का विजयी भएका छन्।

खड्काले १४,८९७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दीपक बहादुर धामीलाई ७८७ मतको अन्तरले पराजित गरे।

एमालेका धामीले १४,११० मत प्राप्त गरे। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार नरेन्द्र बहादुर खड्काले १३,२७० मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्। डोटीमा तीनै उम्मेदवारबिच कडा टक्कर देखिएको थियो।

 

सम्बन्धित समाचार