संसदमा पूर्वप्रधानमन्त्रीको रुपमा प्रचण्ड मात्रै

0 Shares

काठमाडौं । अबको निर्वाचनपछि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ मात्रै हुने निश्चित भएको छ । प्रचण्ड रुकुम पूर्वबाट भारी मतका साथ विजयी भएपछि संसदमा एक्ला पूर्व प्रधानमन्त्री र पाका नेता हुने देखिएको हो । प्रचण्ड जत्तिकै ७२ वर्ष पुगेका सांसद सायद कम हुने देखिएको छ ।

फागुन २१ गतेको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट, नेकपा सहसंयोजक माधवकुमार नेपाल रौतहट १ बाट निर्वाचन लडेका थिए । ओली र नेपाल चुनाव हार्ने निश्चित जस्तै देखिएको छ । यद्यती निर्वाचनको फाइनल परिणाम नआएकाले घोषणा भएको छैन ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक बाबुराम भट्टराईले गोरखा २ बाट उम्मेदवारी दिए पनि अन्तिमा फिर्ता लिएका थिए । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा यसअघि निर्वाचनमा संसदमा भए पनि यो निर्वाचनमा प्रतिस्पर्धा नै गरेनन् । यस्तै नेकपा नेता झलनाथ खनाल अघिल्लो निर्वाचनमा पराजित भएपछि यो निर्वाचनमा प्रतिस्पर्धा गरेनन् ।

प्रचण्ड यसअघि गोरखा २ बाट निर्वाचित भएका थिए । २०७४ सालको निर्वाचनमा चितवन ३ बाट निर्वाचित भएका थिए । २०७० सालको निर्वाचनमा सिराह ५ बाट निर्वाचित भएका थिए । पहिलो संविधान सभा निर्वाचनमा काठमाडौं १० र रोल्पाबाट निर्वाचित भएका थिए ।

रुकुम पूर्वबाट शुक्रबार निर्वाचित भए लगत्तै प्रचण्डले पार्टी सानो भयो भन्दा वित्तिकै नहेप्न चेतावनी दिइ सकेका छन् । यसअघि २०६४ सालको निर्वाचनमा आफ्नो पार्टीको समेत लहर आएकाले सम्हालेर अघि बढ्न रास्वपालाई आग्रह गरे । जंगलको सिंह कस्तो हुन्छ भन्ने सबैलाई थाहा भएकाले सानो पार्टी भनेर हेपेर नबोल्न चेनावनी दिएका हुन्

सम्बन्धित समाचार