रास्वपा अझै ८७ क्षेत्रमा अगाडि कांग्रेस १०, एमाले र नेकपा ९/ ९ क्षेत्र मात्रै अग्रता

0 Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहर चलेको छ। शनिबार बिहान ११ बजेसम्म रास्वपाले ३१ क्षेत्रमा जित निकाल्दा ८७ जनाले अग्रता कायम गरेका छन्।

त्यसैगरी नेपाली कांग्रेस ५ क्षेत्रमा विजयी भएको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दुई क्षेत्रमा विजयी भएको छ। कांग्रेसको अग्रता १० ठाउँमा देखिन्छ भने ९ ठाउँमा नेकपा अगाडि छ।

नेकपा एमालेले दुई ठाउँमा जित निकाल्दा ९ क्षेत्रमा अगाडि छ। हर्क साम्पाङको श्रम संस्कृति पार्टीले भने पाँच ठाउँमा अग्रता देखाएको छ।

 

सम्बन्धित समाचार