कांग्रेस सभापति थापा चुनाव हार्ने निश्चित अमरेशकुमार ६ हजार मत अन्तरले अगाडि

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहले सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँगको मतान्तर बढाएका छन् ।

मतगणनाको पछिल्लो परिणामअनुसार (बिहान साढे ९ बजेसम्म) उनले थपासँगको मतान्तर ६ हजार भन्दा बढी पुर्‍याएका छन् । मतान्तर ६ हजार २ देखिएको छ ।

यहाँ रास्वपाका उम्मेदवार सिंहले १४ हजार ४३४ मत ल्याएका छन् । कांग्रेस सभापति थापाको पक्षमा आठ हजार ४६२ मत गणना भएको छ ।

यस्तै नेकपा एमालेका उम्मेदवार अमनिश यादवले दुई हजार २६१ मत पाएका छन् ।

सम्बन्धित समाचार