भक्तपुरमा नेमकिपाको किल्ला भत्कियो रास्वपा विजयी

0 Shares

काठमाडौं । भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीको किल्ला भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जित विजयी भएका छन् ।

रन्जितले ३३ हजार ४३६ मत ल्याउँदा सुवालले २८ हजार १४७ मत पाए । नेपाली कांग्रेसका किरण न्यौपानेले ४ हजार २८२ मत ल्याए ।

नेमकिपाले २०४८ सालदेखि निरन्तर निर्वाचन जित्दै आएको थियो । यो निर्वाचनमा नेमकिपाको किल्ला भत्काएर रास्वपा निर्वाचित भएको हो । भक्तपुर २ भने यसअघि नै कांग्रेस र एमालेले चुनाव जित्दै आएका थिए । यो निर्वाचनमा भने रास्वपाका राजिव खत्रीले तेब्बर मतले अग्रता लिएका छन् ।

सम्बन्धित समाचार