0
Shares
काठमाडौं । महोत्तरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोदकुमार महतो निर्वाचित भएका छन्।
महतोले ३४ हजार ६३६ मत ल्याएर निर्वाचित भएका हुन्। महतोले नेपाली कम्युनिस्ट पार्टीका गिरिराजमणि पोखरेल, नेकपा एमालेका लक्ष्मी महतो कोइरी, नेपाली कांग्रेसका मुकेशराज काफ्ले लगायतका लाई पछि पार्दै निर्वाचित भएका छन् ।
नेकपाका पोखरेलले १२ हजार ६२४ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् भने २०७९ मा जितेका एमालेका कोइरी ६ हजार ५९१ मत ल्याएका छन् ।