0
Shares
काठमाडौं । बाँके २ मा नेकपा एमालेका उम्मेदवार इस्तियाक राई विजय भएका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राईको जितसँगै एमालेले खाता खोलेको छ ।
गत माघमा मात्र राई जसपा छोडेर एमाले प्रवेश गरेका थिए । ओलीले माघ ५ गते एमालेमा स्वागत गरेका राईले पार्टीलाई पहिलो जित दिलाएका हुन्। देशभर निरासाजनक परिणाम भोगिरहेको एमालेले यहीबाट विजयको खाता खोलेको हो ।
को हुन् राई ?
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपा का तत्कालीन महासचिव राई माघ ५ गते मात्र एमालेमा प्रवेश गरेका थिए ।२०३६ साल कात्तिकमा बाँकेमा जन्मिएका मोहम्मद इश्तियाक राई २०५३ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन्।