0
Shares
काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाह ३२ हजार ३३६ मतसहित अग्रता बलियो बनाउँदै लगेका छन् ।
कूल ५१ हजार ६९८ मतगणना हुँदा उनले निकटतम प्रतिस्पर्धीभन्दा करिब ३ गुणा बढी मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जम्मा ८ हजार ५१८ मत पाएका छन् ।
झापा ५ मा तेस्रो मत श्रम संस्कृति पार्टीका समीर तामाङले पाएका छन् । उनले ५ हजार ४७८ मत पाउँदा काँग्रेसका मन्धरा चिमरियाले ९३० मत पाएकी छन् । नेकपाका रञ्जित तामाङले ८३१ मत पाएका छन् ।