0
Shares
काठमाडौं । म्याग्दीका स्वतन्त्र उम्मेदवार तथा जेनजी सरकारका मन्त्री महावीर पुनले दोब्बर मतान्तरसहित अग्रता लिएका छन् ।
निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठभन्दा पुन तीन हजार ४३७ मत बढी पाएका छन् । धवलागिरी र मालिका गाउँपालिकाको ११ हजार २०१ मत गणना गर्दा उनले पाँच हजार ५०८ मत पाएका छन् ।
एमालेका श्रेष्ठले दुई हजार ७१, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले एक हजार ६५६, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (के.बी.)ले एक हजार ४९७ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का युवराज रोकाले ३२० मत पाएका छन्।