0
Shares
काठमाडौं । हाल नेपालमा पश्चिमी, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
जसका कारण देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेशको एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागका थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै बाँकी भागका एक दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।