प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

0 Shares

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्यसमेत रहेका यज्ञ बल्लभ शर्मा नेकपा प्रवेश गरेका हुन् । उनलाई नेकपाका नेताहरु दिनानाथ शर्मा र हितमान शाक्यले नेकपामा स्वागत गरे ।
उनी तत्कालीन माओवादी केन्द्रबाट बिद्रोह गरेर जनार्दन शर्माले गठन गरेको प्रलोपामा लागेका थिए ।

यस्तै निसीखोला–१ लेवाङका नेकपा एमालेका गण्डकी प्रदेश सदस्य अमरसिंह घर्तील नेकपामा प्रवेश गरेको नेकपाका नेता तथा बागलुङ इन्चार्ज चन्द्रबहादुर बुढा सागरले जानकारी दिए ।

प्रगतिशील लोकतान्त्रिक पार्टी प्युठानका उम्मेदवारले उम्मेदवारी निस्क्रिय बनाएका छन् । मनोनयन दर्ता गरेर प्रचारप्रसारमा लागेका श्यामलाल गहतराजले विज्ञप्ति जारी गर्दै उम्मेदवारी निस्क्रिय बनाएको बताएका हुन् ।

समानुपातिकतर्फ भने उनले प्रलोपालाई ने मत मागेका छन् । उम्मेदवारी निष्कृय पारे पनि उनले कसैलाई समर्थन गरेका छैनन् ।

सम्बन्धित समाचार