0
Shares
काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने सर्वाधिक फेसबुक फ्लोअर भएका खेलाडी बनेका छन् ।
उनको आधिकारिक फेसबुक पेजमा जोडिने १० पुगेसँगै सर्वाधिक फ्लोअर भएका खेलाडी बनेका हुन् । बुधवार मात्रै उनको फेसबुक पेजमा यो आँकडा पूरा भएको हो ।
क्रिकेटर लामिछानेले आफ्नो पेजमार्फत खेलसम्बन्धी गतिविधि तथा आफ्नो व्यक्तिगत धारणा शेयर गर्दै आएका छन् । उनले इण्डियन प्रिमियर लिग, बिग ब्यास लिग, पाकिस्तान सुपर लिग जस्ता विश्वका चर्चित टी २० क्रिकट खेल खेलेका थिए ।
अहिले उच्च अदालत पाटनमा लामिछानेविरुद्धको मुद्दा विचाराधीन अवस्थामा रहेको छ । उनीविरुद्ध गौशाला २६ लाई बलात्कार गरेको अरोप छ ।
यसअघि काठमाडौं जिल्ला अदालतले लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्ष जेल सजायसहित जरिवाना र क्षतिपूर्तिका रुपमा पाँच लाख रुपैयाँ तोकेको थियो ।