चुनावी प्रचारमा एमालेका उम्मेदवारहरुले हटाए ओलीको फोटो

0 Shares

काठमाडौं । नेकपा एमालेबाट टिकट लिएका अधिकांश उम्मेदवारले पार्टी अध्यक्ष केपि शर्मा ओलीको फोटो हटाएका छ्न । फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा चुनावी प्रचार गर्नेक्रममा पार्टीकै उम्मेदवारले आफ्नै अध्यक्ष ओलीको फोटो हटाएर प्रचार गरेका हुन ।

निर्वाचनमा सबै दलका उम्मेदवारले आफ्नो पार्टी नेतृत्वको फोटोसंगै आफ्नो फोटो राखेर प्रचार गरेका छ्न । त्यो नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत दलले आ-आफ्नो पार्टी नेतृत्वको फोटो राखेर चुनावी प्रचारलाई तिब्रता दिएका छ्न । पार्टी नेतृत्वको सन्देश र घोषणा पत्र लिएर जनताको घरदैलोमा पुगेका छ्न । तर प्राय एमाले उम्मेदवारले पार्टीको घोषणा पत्र र नीति सहित चुनावी प्रचारमा गएपनि अधिकांश उम्मेदवारले अध्यक्षको फोटो नराखेका हुन ।

काठमाडौंबाट एमालेका एक उम्मेदवार पार्टीको नीति भन्दा आ आफ्नो अनुकुलतामा चुनावी प्रचार भइ रहेको छ । ‘हामीले कुनै योजनामा अध्यक्षको फोटो राख्ने नराख्ने नीति बनाएका होइनौ । कतिपय उम्मेदवारले अध्यक्षको फोटो राख्नुभएको छ । कति राख्नुभएको छैन्न’  उनले भने ‘फोटो राख्ने नराख्ने भन्दा पनि चुनाव जित्ने प्रमुख हो । पार्टीको चुनाव चिन्ह,घोषणापत्र,नीति सबै राखेर प्रचार गरेपछि फोटो कसको राखियो राखिएन महत्त्वपूर्ण होइन ।’

अध्यक्ष ओलीलाई चुनावी बृहत आमसभाको आयोजना गरेर अतिथिको रुपमा अधिकांश उम्मेदवारले बोलाएका छैन्न ।

जेनजी आन्दोलनमा ७६ जनाको ज्यान गएपछि एमाले अधिकांश उम्मेदवारले अध्यक्षको फोटो हटाएको हुन सक्ने आकलन गरिएको छ । चुनावमा सबैभन्दा बढी एमाले अध्यक्ष ओली टार्गेटमा जेनजी राखेकाले भोट घटन सक्ने भएकाले यस्तो रणनीति लिएको हुन सक्ने सबैको बुझाई छ ।

 

सम्बन्धित समाचार