काठमाडौँमा रास्वपाको र्‍याली, सँगसँगै बालेन–रवि

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँ उपत्यका केन्द्रित प्रचारमा व्यस्त भएको छ।

यसै क्रममा उक्त पार्टीले आज काठमाडौँमा भेटघाटलगायत कार्यक्रम सञ्चालन गरेको छ। र्‍यालीमा पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसहितका नेता सहभागी छन्।

र्‍याली काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा गरिएको छ।

बिहान ६ः०० बजे पाशुपत क्षेत्रबाट सुरु भएको कार्यक्रम साँझ ६ः०० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर समापन हुने सो पार्टीले जनाएको छ।

सम्बन्धित समाचार