चाँदीको मूल्यमा भारी वृद्धि, सुनको मूल्य कति?

0 Shares

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर बसेको छ । चाँदीको मूल्य भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला तीन लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

बुधबार चाँदी प्रतितोला ५ हजार ७१५ पुगेको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ५८५ मा कारोबार भएको थियो । यसअनुसार आज चाँदीको मूल्य प्रतितोला १३० रुपैयाँले वृद्धि भएको हो ।

सम्बन्धित समाचार