0
Shares
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको दाङ १ बाट उम्मेदवारी दिएका मेटमणि चौधरी विरुद्ध वागी उम्मेदवारी दिएका कुलप्रसाद केसीको प्रचार गरेको भन्दै नेताहरुलाई कारवाही गरिएको छ ।
चौधरी तारा चुनाव लिएर पार्टीको आधिकारिक उम्मेदवार हुन भने आँप चुनाव चिन्ह लिएर केसीले वागी उम्मेदवारी दिएका हुन ।
चौधरी विरुद्ध प्रचार गर्ने पार्टी केन्द्रीय सदस्य होमप्रसाद शर्मा, लुम्बिनी प्रदेश सदस्य चक्रबहादुर खड्का, नारायण शर्मालाई कारवाही गरिएको पार्टी प्रदेश इन्चार्ज चक्रपाणी खनालले बिज्ञप्ति मार्फत जानकारी गराएका हुन ।
यसअघि नेकपाले केसी र केन्द्रीय सदस्य स्यामस चौधरीलाई कारवाही गरेको थियो ।
