पुटिनले लिए पाँचौँ पटक रुसको राष्ट्रपतिको शपथ

0 Shares

काठमाडौं । भ्लादिमिर पुटिनले पाँचौँ पटक रुसको राष्ट्रपतिको शपथ लिएका छन् । पुटिनले मस्कोको ग्राण्ड क्रेमलिन प्यालेसमा ३३ शब्दमा शपथ लिएका थिए ।

यो त्यही ठाउँ हो जहाँ रुसको जार परिवारका तीन राजाहरू (अलेक्जेण्डर द्वितीय, अलेक्जेण्डर तृतीय र निकोलस द्वितीय)को राज्याभिषेक गरिएको थियो ।

शपथपछि पुटिनले भने, ‘हामी अझ बलियो बन्ने छौँ, हामीलाई शत्रु ठानेका देशहरूसँगको सम्बन्धलाई मजबुत बनाउने छौँ, जनताको विश्वास कायम राख्न सक्दो प्रयास गर्ने छु ।’

रुसमा मार्च १५-१७ मा भएको निर्वाचनमा पुटिनले ८८ प्रतिशत मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी निकोले खारिटोनोभले मात्र ४ प्रतिशत मत पाएका छन् ।

अमेरिका, बेलायत र धेरै युरोपेली देशहरूले रुसमा पुटिनको शपथ ग्रहण समारोह बहिष्कार गरेका थिए । पुटिनले सन् २००० मा पहिलो पटक राष्ट्रपतिको सपथ लिएका थिए ।

सम्बन्धित समाचार