0
Shares
काठमाडौं । विशेष अदालतले भुक्तानी प्रणालीमा भ्रष्टाचार ठहर भएका सुनिल पौडेललाई नौ वर्ष कैद सजाय तोकेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार उनीविरुद्ध नौ वर्षको कैद सजायको उक्त फैसला गरेको हो ।
उनलाई २३ करोड २७ लाख बिगो र सोही रकम बराबरको जरिवाना हुने फैसलासमेत भएको छ ।
सूचना प्रविधिसँग सम्बन्धित विभिन्न ठेक्कापट्टामा संलग्न रहेका नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेलले त्यसको घुसवापतको रकम सिंगापुरमा बुझ्दै आएका थिए ।