काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी निकट भातृ संगठन योङ कम्युनिस्ट लिङ(वाइसीएल)ले पार्टीको झान्डा च्यातेर सामाजिक सन्जालमा राखेर भाइरल बनापछि संगठनको ध्यानाकर्षण भएको जनाएको छ ।
वाइसीएल अध्यक्ष पुस्प ओलीले शनिबार सामाजिक सन्जाल फेसबुकमा मार्फत राखेर आपत्ति जनाउदै राजनीतिलाई गलत दिशातिर लैजान खोज्ने देशी विदेशी प्रतिक्रियावादीहरुको यस्ता अराजनीतिक हर्कतको घोर विरोध एवं भत्र्सना गरेका छ्न ।
ओलीले आफुहरुले लडेर ल्याएको गणतन्त्रको सुन्दर पक्ष भनेको अभिव्यक्ति स्वतन्त्रता , आफ्ना राजनीतिक गतिविधि निर्वाध रुपमा सञ्चालन गर्न पाउने र फरक विचारको सम्मान गर्ने भएपनि त्यसलाई कमजोरी नठान्न आग्रह गरे । ” हामी कानुनी राज्यको पक्षपाती हौँ । गैरकानुनी यस्ता गतिविधिहरु राज्य यन्त्र , निर्वाचन आयोग ,प्रहरी ,प्रशासन बाटै नियन्त्रण होउन् । अन्यथा जनस्तरबाट हुने प्रतिरोध \ प्रतिकार को जिम्मेवारी राज्य र यस्ता हर्कत गर्ने पार्टीले लिनुपर्नेछ” उनले भने । यदि झन्डा च्यात्नेलाई पक्राउ गरि छानबिन नभए सडकमै उत्रिने ओलीले बताए ।
केही समय अघि नेकमा एमालेको झन्डा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यलर्ताले च्यातेका थिए । एमाले झण्डा च्यात्ने रास्वपाका कार्यकर्तालाई प्रहरीले पक्राउ गरि सकेको छ ।