0
Shares
काठमाडौं । नेपाली कांग्रेसले बागी उम्मेदवारी दिने नेता–कार्यकर्तालाई कारबाहीको तयारी गरेको छ। शुक्रबार बसेको कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकमा यससम्बन्धी छलफल भएको छ ।
समितिका सभापति तारामान गुरुङको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका व्यक्ति, उनीहरूका प्रस्तावकरसमर्थक तथा पार्टी अनुशासनविपरीतका क्रियाकलापमा संलग्न सदस्यहरूका सम्बन्धमा छलफल भएको पार्टीको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बैठकमा सहभागी एक नेताका अनुसार उम्मेदवारी निष्क्रिय हुन निर्देशन दिने र नमानेमा कारबाही गर्ने निर्णय भएको छ। साथै बैठकले अनुशासन समितिको कार्यविधि २०८२ पारित गरेको छ।