0
Shares
काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीको झण्डा जलाएको भन्दै विरोध जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले बिहीबार राति दाङको तुल्सीपुरमा एमालेको चुनाव चिह्न ‘सूर्य’ अंकित झन्डा जलाएको थियो ।
एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले आज विज्ञप्ति जारी गरी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपाच्य शब्दसहित नाराबाजी तथा महासचिव शंकर पोखरेलको गृहनगरमै रास्वपाका कार्यकर्ताले गरेको यो शैली राज्य, जनता, लोकतन्त्र र संविधानविरुद्ध भएको जनाएको छ ।
उक्त घटनामा संलग्नलाई कानुनी कारबाही गर्न एमालेले माग गरेको छ ।