0
Shares
रुपन्देही । निर्वाचनका लागि पार्टीको बाचा पत्र सार्वजनिक गर्न सुदूरपश्चिमको सुर्खेत पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह (बालेन) अचानक काठमाडौं फर्किएका छन् ।
अस्वस्थ भएपछि बिहीबार राति सुर्खेतबाट रास्वपा सभापति रवि लामिछानेसँगै दाङ आउने पूर्वयोजना छाडेर बालेन काठमाडौं फर्केका हुन् ।
स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार बेलुकी सुर्खेतबाट जहाजमार्फत बालेन काठमाडौं फर्किएसँगै लामिछाने र अन्य नेता मात्रै दाङ पुगेका छन् ।
रास्वपाले आज घोराहीमा लुम्बिनी प्रदेश स्तरीय चुनावी सभा आयोजना गर्ने पूर्वयोजना रहेको छ ।