शरीरमा रड र तार बोकेर चुनावी मैदानमा जनयुद्धका योद्धा

0 Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीबाट प्युठान जिल्लावाट प्रतिनिधि सभा निर्वाचनमा कृष्णध्वज खड्का चुनावी मैदानमा उत्रिएका छ्न । तत्कालीन माओवादी जनयुद्धमा सैनिक यातनाले घाइते भएका खड्‌का शरीरमा रड र तार बोकेर प्युठानका ९ पालिका ६४ वटै वडामा पुगेर चुनावी प्रचार गरि रहेका छ्न । पार्टीका एजेन्डा र आफ्ना कुरा जनतालाई भेटेर राखी रहेको खड्काले बताए ।

‘माओवादी सशस्त्र युद्धका क्रममा उनी २०५८ सालमा काठमाडौंबाट गिरफ्तार भए। काठमाडौंबाट श्रीमान् श्रीमती नै गिरफ्तारमा पयौं’ गत सम्झदै उनले भने, ‘कठोर यातनासँगै कहाँ कहाँ पुऱ्याए थाहा छैन, बर्दबहादुर गण गोरखाबाट एक वर्षपछि छुट्यौ।’ उनीसँगै पार्टी नेतृसमेत रहेकी श्रीमती रेखा शर्मा गिरफ्तारमा परेकी थिइन्। त्यही यातनाका बेला घाइते भएका खड्‌काको शरीरमा अहिले पनि रड र तार छन्। कम्मर र करङको हड्डी फ्याक्चर भएको र अहिले पनि हातमा रण र दायाँ खुट्टामा तार बाँधेरै हिँड्नु परेको उनले बताए।

प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका उनी २०७४ सालमा भएको निर्वाचनमा बाम गठबन्धनका तर्फबाट प्यूठान खबाट प्रदेशसभा निर्वाचन विजयी भए। लुम्बिनी प्रदेश सरकारको अर्थ तथा सहकारी मन्त्रीसमेत बनेका उनलाई मन्त्री कार्यकालमा साना र ठुला गरेर प्राय ६२ वटै योजना पुर्‍याएको बताए ।

२०३५/०३६ सालमा भएको जनमतसंग्रहकै समयदेखि उनी राजनीतिमा जोडिएका हुन्। राजनीतिमा सक्रिय भएकै कारण उनी पटक पटक हिरासतमा परे। २०४६ सालमा बहुदलीय व्यवस्था आउँदासमेत हिरासतमै थिए। बहुदलपछि छुटे। २०५१ सालमा विद्यार्थी संगठन अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष भए। २०५४ सालमा जेलबाटै उनी अखिल क्रान्तिकारीको दोस्रो कार्यकालको लागि अध्यक्ष चुनिए। वामपन्थी राजनीतिक सिद्धान्त, सामाजिक न्याय र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षधर नेताको छवि बनाएका उनी संगठन विस्तार र कार्यकर्ता परिचालनमा सक्रिय हुने गरेको नेपाली कम्युनिस्ट पार्टीका नेता अर्जुनकुमार कक्षपतिले बताए।

कृष्णध्वजलाई पुष्पकमल दाहाल प्रचण्डको विश्वास पात्रको रूपमा मानिन्छ। शान्ति प्रक्रियालाई अघि बढाउन प्रचण्डले अन्य राजनीतिक दल र दरबारका प्रतिनिधिहरूसँग वार्ताका लागि पठाउने गरेको पुराना माओवादी नेताहरू सम्झन्छन् ।

जनयुद्धकालीन समयमा पार्टीले अघि सारेका राजनीतिक एजेन्डाहरू सम्झौतामा विलिन भएको कृष्णध्वजको बुझाइ छ। व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको भन्दै उनले चुनावी कार्यक्रमलाई सम्बोधनका क्रममा भन्छन्, ‘यो नाफाको जिन्दगी हो, जनताकै सेवामा व्यतित गर्नेछु।’

प्युठानमा खड्काले पार्टीलाई २०६४ सालकै अवस्थामा पुर्‍याउने पार्टी केन्द्रीय सदस्य मिलन एमसीले बताए । ‘२०६४ सालमा माओवादीले दुई वटै क्षेत्रमा चुनाव जितेर झण्डा गाड्यो । यो चुनावमा नेकपाले जितेर फेरि २०६४ साल फर्काउछौं’ उनले भने,‘पार्टीका मुद्दा र एजेन्डामा पहिको हो त्यसैमा यति राम्रो उम्मेदवार प्युठानले पाएको छ । जित सुनिश्चित छ ।’

जेनजी आन्दोलनकै बलमा एमाले नेतृत्वको सरकार बिस्थापित भएकाले पार्टीबाट प्रतिनिधि सभा उम्मेदवार भएका सुर्य थापा रक्षात्मक भएका छ्न । चुनावमा कतै चर्चा परिचर्चा नभएपछि कहिले मकै भुट्ने,कहिले नाङलोले निफल्ने र कहिले घर बनाई रहेको ठाउमा डकर्मीको काम गर्ने गरेका छ्न । यसअघि राम्रो मत लिएर चुनाव जिते पनि यो पटक थापाकै व्यबहारले एमालेकै कार्यकर्ता चिढिएकाले चुनाव जित्न कठिन देखिएको छ । यस्तै राष्ट्रिय जनमोर्चाको कुनै बेला पकट मानिए पनि चुनाव जित्ने मत छैन रास्वपाको पहाडी क्षेत्र भएकाले प्रभाव कम देखिएको छ । नेपाली कांग्रेसबाट उम्मेदवार भएका गोबिन्द पोख्रेल पार्टीवाट टिकट नपाए रास्वपाबाट टिकट लिन ठिक्क परेको सुचना चुहिएपछि काग्रेसकै नेता कार्यकर्ता चिढिएको बताइएको छ । नेकपा यो निर्वाचनमा खड्कालाई उम्मेदवार बनाएर राम्रो माहोल बनाएकाले अरु पार्टीलाई टाउको दुखाई भएको छ ।

सम्बन्धित समाचार