घाँस जोगाउन खोज्दा जलेर आमा छोराको मृत्यु

0 Shares

काठमाडौं । आगोमा जलेर सिद्धिचरण नगरपालिका १० बेतेनीमा आमा छोराको मृत्यु भएको छ ।

आज मध्यान्हको समयमा हरिबोले बसाहा सामूदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया पुन्यमाया धमला र उनका छोरा १५ वर्षीय कञ्चन धमलाको घटना स्थलमै ज्यान गएको हो ।

बाहुनडाँडा कोल पाखामा निजी खरपाखामा राखिएको खर घाँस जोगाउने क्रममा सुरुमा आमा आगोमा परेकी थिइन् । आमालाई जोगाउन जाँदा छोराको समेत जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बालिष्टार सिंहले बताए ।

घटना स्थलमा प्रहरी परिचालन गरिएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केही दिन अघिदेखि स्थानीय जंगलमा डढेलो लागेको थियो ।

सम्बन्धित समाचार