0
Shares
काठमाडौं । आगामी वर्ष जाने गरी अमेरिकी सरकारले दिँदै आएको डाइभर्सिटी भिसा (ईडीभी) को नतिजा सार्वजनिक भइसकेको छ ।
ईडीभी नतिजा सार्वजनिक भएसँगै भिसा पाउन सफल भएकाहरुलाई अब के गर्ने ? भन्ने चिन्ता भएको हुनु पर्छ ।
आम मानिसमा हुने यही चिन्तलाई मध्यनजर गर्दै नेपालस्थित अमेरिकी दूतावासले सहजीकरण गर्ने भएको छ । दूतावासले एक सूचना जारी गर्दै आफूहरूले ईडीभी परेकाहरूका लागि सहजीकरण गर्न लागेको जानकारी दिएको हो ।
अमेरिकी दूतावासले ईडीभी परेका नेपालीका जिज्ञासा मेटाउन मंगलबार ‘कन्सुलर डाइभर्सिटी भिसा च्याट’ गर्न लागेको हो । उक्त संवादमा ईडीभी भिसा २०२५ सँग सम्बन्धित प्रश्नहरूका जवाफ दिइने दूतावासले जनाएको छ ।
दूतावासका कन्सुलर अधिकारीले २५ वैशाखको दिउँसो २ देखि ३ बजेसम्म दूतावासको फेसबुक पेजमा लाइभ गरी जवाफ दिन लागेको हो ।